प्यूठान स्वर्गद्वारीका ५ जनामा कोरोना पोजेटिभ

सि. पि. पौडेल, प्यूठान । स्वर्गद्वारी नगरपालिका प्यूठानमा ५ जना नागरिकमा कोरोना पोजेटिभ देखिएको छ । प्राथमिक स्वास्थ्य केन्द्र भिंगृमा आज ८ जनाको एन्टिजेन्ट परीक्षण गर्दा ५ जनामा कोरोना पोजेटिभ देखिएको स्वर्गद्वारी नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

कोभिड संक्रमित २२ देखी ४८ बर्ष उमेर समुहका रहेका छन। उनीहरू मध्ये २ जना स्वर्गद्वारी नगरपालिका , १ जना सरुमारानी गाउँपालिका र २ जना घोराही उप- महानगरपालिका हुन।

उनीहरू सबै अहिले स्वर्गद्वारी नगरपालिका भिंगृमा काम गर्दै आएका छन ।केहि दिन अगाडी काठमाडौं गएको र त्यहाँ बाट फर्किएको २/३ दिनमा रुघाखोकी र ज्वरोको लक्षण देखिएको थियो। कोभिडको लक्षणहरू देखिन थालेपछि परीक्षण गर्दा उनीहरूमा कोरोना पोजेटिभ देखिएको स्वर्गद्वारी नगरपालिका प्यूठानका स्वास्थ्य संयोजक दल बहादुर केसीले जानकारी दिनु भयो ।

केसीका अनुसार संक्रमितहरुलाई अहिले होम आईसोलेसनमा राखिएको छ र स्वास्थ शाखाको निगरानीमा छन । त्यस्तै गरेर जिल्ला अस्पताल प्यूठानमा आज गरिएको ६ जनाको परिक्षण मा ५ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

TOP