काठमाडौं उपत्यका र तराईमा हुस्सु‚ दिउँसो मौसम सुधार हुने
काठमाडौं : मौसम पूर्वानुमान महाशाशाका अनुसार आज केही प्रदेशको मौसम बदली रहे पनि वर्षा र हिमपातको सम्भावना रहेको छैन।
आइतबार बिहान देशका पहाडी भू–भागहरुको मौसम आंशिक बदली रहेको छ। काठमाडौं उपत्यकामा हस्सु लागेको महाशाखाले जनाएको छ। तराईका केही स्थानमा बाक्लो हुस्सु तथा कुहिरो लागेको छ।
मौसमविद प्रतिभा मानन्धरका अनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ। तर‚ उल्लेखनीय मौसमी प्रणाली नभएकाले वर्षा तथा हिमपातको सम्भवना छैन।
यसैबीच आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४ दशमलब ६ डिग्री सेल्सियस मापन गरिएको छ। दिउँसो बढेर १५ देखि १७ डिग्री सेल्सियससम्म पुग्ने सकिने अनुमान गरिएको छ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam