नगर प्रमुख शाह द्वारा विभिन्न योजनाहरूको अनुगमन
कृष्णनगर l कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह ले नगरपालिका भित्र संचालित तथा कार्यसमपन्न भैसकेका योजनाको अनुगमन गर्नुभयोl कृष्णनगर नगरपालिका वडा नं १२ मा रहेको बरईपुर र भगवानपुर जोड्ने चरङहवा खोलामा निर्माणाधीन पुल, कृष्णनगर नगरपालिका वडा नं १२ बेदमउ मा निर्माणाधीन अस्पताल तथा सोही वडा को हृदयनगर मा रहेको श्री राष्ट्रीय आधारभूत विद्यालय को निर्माणाधीन भवन लगायत सोही गाँउमा कार्यसमपन्न भैसकेको डिप बोरिंगको अनुगमन गर्नुभयोl
उक्त योजनाहरू नगरपालिकाको पहल तथा केहि योजना मा नगरपालिकाको लगानी रहेको तथा प्रदेश स्तरीय योजना र जिल्ला समान्वय समितिको लगानी का योजना हरू रहेको नगर प्रमुख रजत प्रताप शाहले जानकारी दिएका छन् l
कृष्णनगर नगरपालिकाको भदुई, मानपुर, जोशिडिहवा, बरईपुर, भगवानपुर, हृदयनगर, हरिगवा, शिवभारी लगायतका गाँउ पछडिएका ले बाटोघाटो, शिक्षा , स्वास्थ्य लगायत अन्य क्षेत्रमा आफूले सुविधा सम्पन्न बनाउदै जाने बताउदै नगरभित्र आफूले पहल गरेर आउने समयमा विभिन्न योजनाहरू प्रदेश र संघिय सरकार बाट ल्याउने तथा नगर को बजेटबाट हुन सक्ने विकास गर्न आफू सधै लागिरहने बताउनुभयोl
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam