आहा रारा गोल्डकप : पुलिस क्वार्टर फाइनलमा
काठमाडौं : नेपाल पुलिस क्लब आहा रारा गोल्डकप फुटबलको क्वार्टर–फाइनलमा प्रवेश गरेको छ। आज पोखरा रंगशालामा भएको खेलमा हिमालयन शेर्पा क्लबलाई पेनाल्टी शुटआउटमा हराउँदै पुलिस क्वार्टर–फाइनलमा पुगेको हो।
खेलको निर्धारित ९० मिनेटमा एक÷एक गोलको बराबरीपछि थपिएको अतिरिक्त समयमा पनि गोल हुन सकेन। खेल पेनाल्टी सुटआउटमा पुग्यो। अब पुलिसले अन्तिम आठमा मनाङ मर्स्याङदी क्लबसँग खेल्नेछ।
यसअघि हिजो भएको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई २–० गोलले हराउँदै एपीएफ क्वार्टर–फाइनलमा प्रवेश गरिसकेको छ। प्रतियोगितामा १० टोली सहभागी छन्। प्रतियोगिताको विजेताले १० लाख १ हजार रुपैयाँ र उपविजेताले ५ लाख १ हजार रुपैयाँ पाउने छन्।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam