चिसो बढेपछि मनकामना सामुदायिक बनद्वारा शिवराजमा दाउरा वितरण
कपिलवस्तु । केही दिनयता शितलहर र हुस्सुका कारण सर्वसाधारणको जनजीवन प्रभावित हुन थालेपछि कपिलवस्तुको शिवराज नगरपालिका क्षेत्रका विभिन्न स्थानमा मनकामना सामुदायिक बन उपभोक्ता समितिले आगो ताप्नका लागि स्थानीयवासीलाई निशुल्क दाउरा वितरण शुरु गरेको छ ।
चिसोको प्रभाव बढेपछि मनकामना सामुदायिक बन उपभोक्ता समितिले शिवराज नगरपालिका वडा न १ स्थित शिवपुर स्वास्थचौकी, करैया चोक , बेलैती चोक ,चैनपूर ,खैरी लगायतका ठाउमा दाउरा बितरण गरेको मनकामना बन उपभोक्ता समितिका अध्यक्ष रामबहादुर के सी जानकारी दिनुभयो ।
जाडो बाट नगर भित्रका नागरीकहरुले केहि भए पनि राहत महसुस गरुन भने दाउरा वितरण गरीएको अध्यक्ष केसीले बताउनु भयो । मनकामना सामुदायिक बन उपभोक्ता समितिले केहि दिन अगाडि पनि शिवराजका विभिन्न ठाउँमा दाउरा वितरण गरेको थियो ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam