आज विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना‚ सोमबारसम्म मौसम बदली हुने
काठमाडौं : नेपालमा फेरि अर्को मौसमी प्रणालीको भित्रिएकाले केही दिन मौसम बदली हुने मौसम पूर्वानुमान विभागले जनाएको छ।
मौसमविद गंगा नगरकोटीका अनुसार नेपालमा हाल रहेको पश्चिमी न्यून चापीय प्रणाली कमजोर भए पनि शनिबार बिहानदेखि पश्चिम नेपालबाट अर्को पश्चिमी न्यून चापीय प्रणाली प्रवेश गरेको छ। जसको प्रभावले शनिबार‚ आइतबार र सोमबारसम्म क्रमशः मुलुकभर प्रभाव पार्ने विभागले अनुमान गरेको छ।
अहिले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका विभिन्न स्थानमा बादल लागेको छ। दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती, मधेश र प्रदेश १ का एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।
आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam