ओलीको पत्रकार सम्मेलन स्थगित
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाको सम्बोधन तथा पछिल्लो राजनीतिक तथा आर्थिक संकटबारे एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित भएको छ।
कोरोना संक्रमणको जोखिम उच्च हुँदै गएपछि आज दिउँसो १ बजे गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित गरिएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।
सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाउने गरी स्वास्थ्य सुरक्षा मापदण्ड लागू गरेकाले पत्रकार सम्मेलन स्थगित गरिएको रिजालको भनाइ छ। अध्यक्ष ओलीले वक्तव्यमार्फत पार्टीको धारणा सार्वजनिक गर्नेछन्।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam