राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा आज
काठमाण्डाै – राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण आज सार्वजनिक हुनेछ । केन्द्रीय तथ्याँक विभागले बिहान १० बजेपछि विवरण सार्वजनिक गर्न लागेको हो ।
प्रारम्भिक नतिजामा महिला र पुरुषसहित जम्मा जनसंख्या, विदेशमा रहेका नेपालीको जनसंख्या र नेपालमा जम्मा परिवार संख्या सार्वजनिक गरिने विभागका उपनिर्देशक हेमराज रेग्मीले जानकारी दिनुभयो । अहिले प्रारम्भिक मात्रै आउने र ६ महिनाभित्र विस्तृत नतिजा सार्वजनिक हुने उहाँले बताउनुभयो ।
विभागले भदौ ३० गतेदेखि असोज १८ सम्म घर तथा घर–परिवारको सूचीकरण तथा कात्तिक २५ देखि मंसिर ९ गतेसम्म मुख्य जनगणनाको काम गरेको थियो ।
११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन
भदौ १६, २०८३
काठमाण्डौ – एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भएको छ…



ghanashyam