प्रहरी हिरासतमै आत्महत्या
कपिलवस्तुको ईलाका प्रहरी कार्यालय पिपराको हिरासत कक्षमा एक आरोपीले आत्महत्या गरेका छन् । छोरीलाई वलत्कार गरेको आरोपमा गत फागुन २३ गते उनलाई प्रहरीले पक्राउ गरेको थियो । वाणगंगा नगरपालिका वडा नं ८ बस्ने उनले विहिवार विहान प्रहरी कार्यालयको अटैच वाथरुम सहितको सौचालयको भेन्टीलेटरमा तन्ना प्रयोग गरेर आत्म हत्या गरेका खुलेको छ । अर्का एक जना थुनुवा सौचालय जान खोज्दा नखुलेपछि थुनुवाले प्रहरीलाई जानकारी गराएपछि घटना वाहिर आएको हो ।
ईलाकामा घटना भएकोले सो घटनाको चेकजाँच र अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय तौलीहवावाट प्रहरी नायव उपरिक्षक सुनिल मल्लको नेतृत्वमा टोली ईलाकामा पुगेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक दिप सम्शेर जबराले बताउनुभयो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


