तुलसीपुर–सल्यान सडक माघ १६ देखि २५ गतेसम्म दैनिक ७ घण्टा बन्द हुने
दाङ – राप्ती राजमार्ग अन्तर्गत दाङको तुलसीपुर–सल्यान सडक पर्सि आइतवारदेखि दैनिक सात घण्टा बन्द हुने भएको छ । राप्ती राजमार्ग अन्तर्गत चोरखोलादेखि कपुरकोटसम्मको साँघुरो सडकलाई फराकिलो पार्ने काम गर्नुपर्ने भएपछि १० दिनसम्म दैनिक सात घण्टा सडक बन्द गरिने सडक डिभिजन कार्यालय दाङका इन्जिनियर रिकेश महर्जनले जानकारी दिनुभएको छ ।
पर्सि माघ १६ देखि २५ गतेसम्म बिहान ७ देखि ९ बजेसम्म र बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म १० दिन आवागमन बन्द गरिने उहाँले जानकारी दिनुभयो । यस सडक स्तरोन्नतिकोे जिम्मा नान्जिला एण्ड आकांक्षा जेभीले लिएको छ ।
साथै अत्यावश्यक एकतर्फी सवारी साधनका लागि पैयाँखोर–कपुरकोट डाईभर्सन प्रयोग गर्न सकिने इन्जिनियर महर्जनले जानकारी दिनुभयो ।

मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam