उपत्यकामा आजदेखि हट्यो सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली
काठमाडौं : काठमाडौं उपत्यकाका तीन जिल्लामा आजदेखि सार्वजनिक सवारीसाधनमा लागू जोरबिजोर प्रणाली हटेको छ।जिल्ला प्रशासन कार्यालय काठमाडौं‚ ललितपुर र भक्तपुरले सूचना जारी गर्दै शुक्रबार राति १२ बजेदेखि लागु हुने गरी जोरबिजोर प्रणाली हटाएका छन्। तर‚ निजी सवारीसाधन र ट्याक्सीमा भने जोरबिजोर प्रणाली कायमै राखिएको छ।
शुक्रबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी)ले सार्वजनिक सवारीसाधनमा लागु जोरबिजोर प्रणाली हटाउन सिफारिश गरेको थियो। कोरोना संक्रमणको जोखिम न्यून गर्न भन्दै स्थानीय प्रशासनले गत शुक्रबार उपत्यकामा जोरबिजोर प्रणाली लगाएको थियो। उक्त निर्णय व्यावहारिक नभएको भन्दै व्यापक आलोचना भएपछि प्रशासनले त्यसालाई हटाएको हो।
प्रशासन कार्यालयले जारी गरेको सूचनामा विद्यालय भने माघ मसान्तसम्म बन्द गर्न भनिएको छ। विश्वविद्यालयका परीक्षा भने भौतिक दूरीलगायत स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न भनिएको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam