चोरी भएको बालकुमारी माईको मूर्तिबारे सूचना दिनेलाई पाँच लाख रुपैयाँ पुरस्कार दिइने
काठमाण्डाै – ललितपुरको सुनाकोठीबाट चोरी भएको बालकुमारी माईको मूर्ति बारे सूचना दिने व्यक्तिलाई पाँच लाख रुपैयाँ पुरस्कार दिइने घोषणा गरिएकाे छ। चोरी भएको एक हप्ता बिते पनि मूर्ति भेट्टाउन नसकेपछि बालकुमारी गुठीले विशेष सूचना निकालेर यस्तो घोषणा गरेको हो।
ललितपुर महानगरपालिका वडा नम्बर २७ का वडाध्यक्ष बाबुराज महर्जनले विशेष सूचना दिने व्यक्तिलाई पाँच लाखसम्मको पुरस्कार दिने घोषणा गरेको बताउनुभयो। उहाँका अनुसार सुराकी दिने व्यक्तिको गोपनीयता पनि कायम गरिनेछ ।
चोरी भएको मूर्तिको सम्बन्धमा अनुसन्धान गर्न अहिले महानगरीय प्रहरी परिसर ललितपुर, महानगरीय प्रहरी वृत्त चापागाउँ र महानगरीय अपराध महाशाखाको टोली खटिएको छ। गएकाे आइतवार माघ ९ गते ललितपुर महानगरपालिका–२७ मा रहेको बालकुमारी मन्दिरबाट मूर्ति हराएको थियो।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam