सर्वोच्चकाे सेवा कटौती माघ २८ गतेसम्म लम्बियाे
काठमाडाैं : सर्वोच्च अदालतले कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै सेवा कटौतीको निर्णयलाई माघ २८ गतेसम्म लम्ब्याएको छ।
कोरोना संक्रमणको जोखिम यथावत रहेको भन्दै सर्वोच्चले सेवा कटौतीलाई निरन्तरता दिने निर्णय गरेकाे हाे।
सर्वोच्चले मंगलबार विज्ञप्ति जारी गरी आगामी २८ गतेसम्म अहिलेकै स्वरुपमा सेवा प्रवाह हुने जनाएकाे छ। यसअघि सर्वोच्चकाे पूर्ण बैठकले ओमिक्रोनको संक्रमणको जोखिमलाई मध्यनजर राखेर माघ ५ गतेदेखि १८ गतेसम्म सेवा कटौती गर्ने निर्णय गरेको थियो।
आज बसेकाे पूर्ण बैठकले माघ २८ सम्म सेवा कटाैतीलाई निरन्तरता दिने निर्णय गरेकाे सर्वाेच्चका प्रवक्ता बाबुराम दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना
भदौ १६, २०८३
काठमाण्डौ – आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । साथै आज राति…



ghanashyam