बाणगंगा- ८ धनेशपुरका बस्नेतले बिक्री गरे ५१ हजारमा एउटा बोका
बसन्ता भुसाल, कपिलवस्तु । वाणगंगा नगरपालिका वडा नम्बर- ८ धनेशपुर निवासी दधिराम बस्नेतले एउटा बोकालाई ५१ हजारमा बिक्री गरेका छन् । बस्नेतले जमुनापारको बोकालाई ५१ हजारमा बिक्री गरेका हुन् । मेहनत गरे आफ्नै देशमा हिरा फलाउन सकिन्छ, भने जस्तै विदेशमा पसिना वगाउनुको सट्टा स्वदेशमै श्रम र सीपलाई खर्चन सके सम्मृद्धि र कृषि क्षेत्रको विकास द्रुत गतिमा हुन सक्ने बस्नेतको भनाइ छ ।
उनले करिब २ दशक भारतको पन्जाबमा बसेर परौठाको व्यापार गरेका थिए । त्यस पश्चात उनले नेपालमा नै केही गर्नुपर्छ भन्ने सोचले कृषि तथा पशुपालन तर्फ आकर्षित भएको बताउछन् ।
उनले अहिले बस्नेत एकीकृत पशुपालन तथा कृषि फर्म संचालन गरेका छन् । उनले यो पेशाबाट आफू सन्तुष्ट भएको बताउदै स्थानीय युवाहरुलाई पनि नेपालमा नै आफ्नो सिपको सदुपयोग गरेमा राम्रो आम्दानी गर्न सकिने बताएका छन् ।
उनले हरेक वर्ष नगरपालिका र प्रदेश सरकारबाट पनि अनुदान पाउने गरेको बताएका छन् । प्रदेश र स्थानीय सरकारले वैदेशिक रोजगारका लागि विदेशिने युवाहरूलाई पनि स्वदेशमा नै कृषि कार्यमा आकर्षित गराउन सके नेलाल आत्मनिर्भर बन्न सक्ने थियो । अहिले उनले यहि पेशाबाट वार्षिक लाखौं आम्दानी गर्दै आएका छन् ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam