टेम्पो दुर्घटना हुँदा चालकको मृत्यु
धनकुटा : धनकुटामा मंगलबार बेलुका टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। कोशी राजमार्ग अन्तरगत धनकुटा नगरपालिका वडा नं. ७ जिरोप्वइन्टमा धनकुटा बजारबाट जिरोप्वइन्ट जाँदै गरेको मे १ ह ४४७४ नं को टेम्पो अनियन्त्रित भई सडकको नालीमा पल्टिदा दुर्घटना भएको हो।
दुर्घटनामा परि टेम्पो चालक धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नं. १ घर भई हाल धनकुटा नगरपालिका वडा नं. ७ प्वाइन्ट बस्ने ६० वर्षीय लाल बहादुर दर्लामी मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परि घाइते भएका उनलाई उपचारको लागि जिल्ला अस्पताल धनकुटा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धनकुटाका डिएपी सुरज कार्कीले जानकारी दिए।
दुर्घटना ग्रस्त टेम्पो जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam