२४ घण्टामा ३ हजार ६ सय ३७ जनामा काेराेना पुष्टि, १२ जनाकाे ज्यान गयाे
काठमाण्डाै – नेपालमा लगातार पाँचौँ दिन आज पनि कोरोना सङ्क्रमण पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या बढी भएको छ । पछिल्लो पाँच दिनदेखि सङ्क्रमण हुने सङ्ख्या घटिरहेको छ भने निको हुनेको सङ्ख्या बढिरहेको छ ।
पछिल्लो २४ घण्टामा तीन हजार ६ सय ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र सात हजार पाँच सय ५५ जना निको भएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी प्रवक्ता डा. सङ्गीता कौशल मिश्राले जानकारी दिनुभयो । पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी ११ हजार पाँच सय ८२ जनाको नमुना परीक्षण गर्दा तीन हजार ६ सय ३७ जनामा सङ्क्रमण पुष्टि भएको हाे ।
यस्तै पछिल्लो २४ घण्टामा १२ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । अहिले नेपालमा ६९ हजार दुई सय ९१ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।
यसैबीच पछिल्लो २४ घण्टा र यसअघिको विवरणसमेत गरी आठ लाख १५ हजार सात सय ९६ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam