१३६ जना कृषकलाई कृषि औजार वितरण
चन्द्रौटा । कपिलवस्तुकाे शिवराजनगरपालिकाकाे ११ नं. वडा कार्यालय थुन्हियाले वडाभित्रका कृषकलाई कृषि औजार तथा ह्यान्ड पम्प वितरण गरेकाे जनाएको छ । वडा अध्यक्ष रामेश्वर बर्माले ३१ जनालाई स्प्रे ट्यांकी, ३५ जनालाई चरा मेसिन, ७० जनालाई ह्यान्ड पम्प वितरण गरिएकाे जानकारी दिएका छन् ।
कार्यक्रमलाई सम्बाेधन गर्दै कृषि शाखाका प्रमुख तारा चन्द चाैधरीले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्न आवश्यक रहेकाे बताए । उनले अत्याधुनिक कृषि औजार तथा उपकरण बिना किसानले कृषि क्षेत्रलाई आधुनिकीकरण नगरेसम्म उत्पादनलाई बृद्धि गर्न नसकिने जिकिर गरे ।
आगामी दिनहरूमा कृषि प्रविधियुक्त उपकरण विशेष प्राथमिकतामा राखेर वितरण गर्दै जानुपर्नेमा शाखा प्रमुख चाैधरीले जाेड दिए । उनले कृषकहरूलाई कृषिजन्य सामग्रीलाई सही सदुपयोग गर्दै कृषि क्षेत्रलाई आधुनिकीकरण गर्न सुझावसमेत दिए ।
कार्यक्रमलाई सम्बाेधन गर्दै सामजसेवी प्रेम बहादुर रायमाझी, सुरेन्द्र जयसवाल लगायतले अधिकांश किसान कृषि पेशामा निर्भर रहेकाले कृषि क्षेत्रमा आवश्यक बजेट विनियोजन गरि लगानी गर्नुपर्नेमा जाेड दिएका थिए ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam