वडाअध्यक्ष कडेलले सिफारिस च्यातेर जलाएपछी वडा कार्यालय घेराउ
कपिलवस्तु- कपिलवस्तुको बिजयनगर गाउँपालिका वडा नं ४ को वडा कार्यालयमा स्थानीयहरुले घेराउ गरेका छन् । सिफारिसको लागि कार्यालयमा पुगेका सेवाग्राहीको सिफारिस पत्र वडा अध्यक्ष तिलकराम कडेलले च्यातेर जलाएपछी स्थानिय अक्रोसित हुदै वडा कार्यालय घेराउ गरेका छन ।
बोरिङको सिफारिस सच्याउनु आउँदा वडा अध्यक्ष तिलक कडेलले च्यातेर आगोमा जलाएको भन्दै नागरिक आक्रोशित भएका थिए । सिफारिस पत्रमा बुटवल लेखिएकोले उक्त स्थनमा लमहि दाङ लेख्नका लागि सिफारिस माग गरिएको पिडित जोखु राम थारुले बताउनु भयो ।
स्थानीय जोखिराम थारुले स्यालो टुुवेलको लागि वडा कार्यालयबाट सिफारिस लिएका थिए । थारुले वडाबाट पाएको सिफारिस गलत भएकोले सच्याएर पुनं सिफारिस माग गर्न जादाँ वडाअध्यक्ष कडेलले उक्त सिफारिस च्यातेर आगो लगाएका छन् ।
वडा अध्यक्षले सिफारिस च्यातेर आगो लगाएपछी स्थानिय अक्रोसित हुदै वडा कार्यालय घेराउ गरेको स्थानिय रामप्यारे यादवले जानकारी दिनुभयो । वडाअध्यक्षले गलत गरेकोले वडा कार्यालय घेराउ गरेको यादवले बताउनुभयो ।
निर्वाचित प्रतिनिधिले नै सेवाग्राहीको सिफारिस च्यात्नु, जलाउनु गैर जिम्मेवारी पन भएको स्थानिय युवा जिवन तिवारीले बताउन्ुभयो । वडाअध्यक्ष कडेलले नागरिकलाई विभिन्न बहाना बनाई द्ुख दिने कार्य गरेकोले बध्य भएर वडा कार्यालय घेराउ गरेको जिवन तिवारीले जानकारी दिनुभयो ।
विजयनगर गाँँउपालिकाका अध्यक्ष गोपाल बहादुर थापा वडा कार्यालय पुगी समस्या समाधान गर्ने प्रयास गरेका थिए । च्यातेको सिफारिस पुन बनाउनका लागि पहल भैरहेको अध्यक्ष थापाले बताउनु भयो । सिफारिस च्यातेर जलाएका वडाअध्यक्ष सम्पर्क विहिन रहेका छन । वडाअध्यक्ष हाजिर हुनुपर्ने माग राख्दै स्थानियले वडाकार्यालय घेराउ गरेका हुन् ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam