ललितपुरका नेता रामकृष्ण हुमागाईं फेरि एमालेमा फर्किए
ललितपुर -ललितपुरका नेता रामकृष्ण हुमागाईं फेरि एमालेमा फर्किएका छन् । शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भेटघाटपछि उनी एमाले पार्टीमा फर्कन राजी भएका हुन् । एमाले ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्यले हुमागाईंसँग सघन वार्तापछि उनी एमालेमा फर्कन तयार भएको बताए । उनले भने, ‘हामी उहाँलाई पार्टीकै महत्त्वपूर्ण जिम्मेवारी दिँदैछौँ ।’
गत निर्वाचनमा प्रदेश सांसदको उम्मेदवारी दिने लगभग पक्का भएको अवस्थामा उनले टिकट नपाउँदा असन्तुष्ट बनेका थिए । तत्कालीन समयमा माओवादी केन्द्रसँग पार्टी एकता हुँदा उनले कुनै जिम्मेवारी नपाएपछि असन्तुष्ट हुँदै नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । काँग्रेसको जिल्ला अधिवेशनमा उनी आन्तरिक प्रतिस्पर्धा प्राथमिकतामा नपर्दा निराश भए । केही समयअघि उनले सामाजिक सञ्जालमा लेख्दै पार्टीमा नरहेको घोषणा गरेका थिए ।
बालकोटमा राति अबेरसम्म भएको छलफलमा संघीय सांसद नवराज सिलवाल, जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्य, केन्द्रीय सदस्य हरिकृष्ण व्यञ्जनकार, स्थायी कमिटी सदस्य सुशीला नेपाललगायत सहभागी थिए ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam