भाेलिदेखि काठमाण्डाै उपत्यकाकाे जाेर–बिजाेर प्रणाली हट्ने

काठमाण्डाै – काठमाण्डाै उपत्यकामा यातायातका साधनमा लगाइएको जोर–बिजोर प्रणाली भोलि साेमवारदेखि हट्ने भएको छ । काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको आज आइतवार बैठकले भोलिदेखी जोर–बिजाेर प्रणाली हटाउने निर्णय गरेको हो ।
सार्वजनिक गाडीमा यसअघि नै जोरबिजाेर प्रणाली हटिसकेको थियो भने ट्याक्सी र निजी सवारीसाधनमा जोर–बिजोर प्रणाली कायमै थियाे ।
यसअघि आजै बसेको सीसीएमसीसीको बैठकले जोर–बिजाेर हटाउन सिफारिस गरेको थियो । जिल्ला प्रशासन कार्यालयहरूले नयाँ आदेश निकालेर भोलिदेखि जोरबिजोर प्रणाली हटेको जानकारी गराएका छन् ।
यस्तै फागुन १ गतेदेखि विद्यालयलगायतका शैक्षिक संस्था खोल्न पाउने, एक पटकमा ५० जनासम्म प्रवेश गर्ने गरी शपिङ मल खोल्न पाउने, डान्स बार, दोहोरी लगायतका व्यवसाय राति १० बजेसम्म सञ्चालन गर्न पाइने लगायतका व्यवस्था गरिएको छ । जुलुस, सभा, मेला महोत्सव, हाटबजारको प्रतिबन्ध भने कायमै छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam