अफ्रिकन कपको उपाधि सेनेगलले जित्यो
एजेन्सी: सेनेगलले पहिलो पटक अफ्रिकन कप अफ नेसन्सको उपाधि जितेको छ। गएराति सम्पन्न फाइनल खेलमा इजिप्टलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सेनेगलले पहिलो पटक अफ्रिकन कप अफ नेसन्सको उपाधि जितेको हो।
निर्धारित ९० मिनेट र त्यसपछिको ३० मिनेटको अतिरिक्त समयमा गोलरहित बराबरी खेलेपछि सेनेगल र इजिप्टबीचको फाइनल खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो।
पेनाल्टी सुटआउटमा सेनेगल ४-२ गोल अन्तरले विजयी भएको थियो। यसअघि खेलको सातौ मिनेटमा पेनाल्टी मिस गरेका लिभरपुलबाट खेल्ने सेनेगलका स्टार साडियो मानेले पेनाल्टी सुटआउटमा निर्णायक गोल गर्दै जित दिलाएका थिए।
प्रतियोगितामा साडियो मानेले उत्कृष्ट खेलाडीको अवार्ड पनि जितेका छन्। यस अफ्रिकन कप अफ नेसन्समा सबैभन्दा धेरै कुल ८ गोल गरेका क्यामरुनका भिनसेन्ट अबोउवाकरले गोल्डेन बुट जितेका छन् । त्यस्तै चेल्सीबाट खेल्ने सेनेगलका गोलकिपर एडोउआर्ड मेन्डीले बेस्ट गोलकिपरको अवार्ड जितेका छन्।
त्यस्तै १०औ पटक अफ्रिकन कप अफ नेसन्सको फाइनलमा पुगेको इजिप्ट भने यस पटक उपविजेतामा चित्त बुझाएको छ। इजिप्ट सबैभन्दा धेरै ७ पटक अफ्रिकन च्याम्पियन बनेको छ भने योसहित तीन पटक उपविजेता बनेको छ।
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
-
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
६० घण्टापछि माटोमुनिबाट जीवित भेटिइन् ६ वर्षीया मनिषा
भदौ १३, २०८३
रसुवा । भोटेकोसी बाढीमा बेपत्ता भएकी रसुवाको गोसाईकुण्ड गाउँपालिका–२, टिमुरेकी ६ वर्षीया बालिका मनिषा मगरलाई करिब ६० घण्टापछि जीवितै उद्धार गरिएको छ।…



ghanashyam