झण्डै आठ किलो चरेससहित दाङमा दुई जना पक्राउ
दाङ – दाङमा झण्डै आठ किलो चरेससहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुकुमको भुमे गाउँपालिका वडा नम्बर ९ चुनवाङ घर भइ घोराही उपमहानगरपालिका नयाँ बसपार्क बस्ने ५० वर्षीय दलबहादुर कामी र घोराही उपमहानगरपालिका वडा नम्बर– १८ गिठेपानी बस्दै आएका ५९ वर्षीय कर्णबहादुर पुन रहेका प्रहरीले जनाएको छ ।
दलबहादुर कामीको कोठाबाट ७ किलो ७ सय ७९ ग्राम लागुऔषध चरेससहित उनीहरु पक्राउ परेका जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द रिजालले जानकारी दिनुभयो । प्लास्टिककाे बोरामा हरियो पोलिथिन भित्र लामो, चेप्टो पोका बनाएर राखेको अवस्थामा १६ वटा पिस बरामद भएको प्रहरीको भनाइ छ ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam