गण्डकी प्रदेशमा गाडी भाडा बढ्यो
काठमाण्डाै – गण्डकी प्रदेश सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक गाडीको भाडा बढाएको छ ।
प्रदेश सरकारको कानुन मन्त्रालयले राजपत्र प्रकाशन गर्दै भोलिदेखि लागू हुने गरी नयाँ भाडादर निर्धारण गरेकाे जनाएको हो । तर प्रदेशमा यसअघि नै भाडा बढिसकेको छ । प्रदेशभित्र एक जिल्लाबाट अर्को जिल्ला गुड्ने बसमा प्रतिकिलोमिटर २ रुपैयाँ १० पैसा भाडा निर्धारण गरिएको छ ।
यस्तै जीपमा प्रतिकिलोमिटर साढे पाँच रुपैयाँ, ट्रकमा सामान ओसार्न प्रतिकिलोमिटर प्रतिटन ११ रुपैयाँ ७२ पैसा लाग्ने छ । सिटी बसमा चढ्दा पहिलो तीन किलोमिटरभित्र २० रुपैयाँ र तीन किलोमिटरपछि प्रतिकिलोमिटर साढे दुई रुपैयाँ भाडा दर तोकिएको छ ।
२० किलोमिटरभन्दा बढीमा भने प्रतिकिलोमिटर साढे दुई रुपैयाँको हिसाब हुनेछ । ट्याक्सीमा चढ्दा फ्ल्यास डाउनमा ८० रुपैयाँ तिरेर दुई सय मिटरभित्र चल्दा थप शुल्क नलाग्ने प्रदेश सरकारले जनाएको छ ।
दुई सय मिटर कटेपछि हरेक दुई सय मिटरमा थप १० रुपैयाँ थपिन्छ भने १५ किलोमिटर कटेपछि प्रतिकिलोमिटर ३७ रुपैयाँ ५ पैसा भाडा तिर्नुपर्छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam