कपिलवस्तु उद्योग बाणिज्य संघद्धारा मंगलबार बजार बन्द गर्ने निर्णय यथावत
कपिलवस्तु-कपिलवस्तु उद्योग बाणिज्य संघले मंगलबार बजार बन्द गर्ने निर्णय यथावत रहेको जनाएको छ । बजार बन्द गर्ने बारका बारेमा बजारमा केही अनावश्यक होहल्ला चलेको भन्दै संघले मंगलबार बजार बन्द गर्ने निर्णय यथावत रहेको जनाएको हो । संघका केही पदाधिकारी, सदस्य तथा व्यवसायीले शनिबार बजार बन्द गर्ने भनि बजारमा हल्ला फैलाएकोमा संघको गम्भिर ध्यानाकर्षण भएको संघका अध्यक्ष डोलकराम घिमिरेले बताउनुभयो ।
यसरी अनावश्यक होहल्ला फैलाउनेमाथि कारबाही प्रक्रिया बढाउने अध्यक्ष घिमिरेले चेतावनी समेत दिनुभएको छ । संघका अध्यक्ष घिमिरेले विभिन्न किसिमका होहल्लाका पछाडि नलागी मंगलबार नै बजार बन्द गर्न आग्रह समेत गर्नुभएको छ । समितिमा मंगलबार बाहेक अन्य कुनै बारमा बजार बन्द गर्न माग आएपछि अहिले बजारमा बजार बन्द गर्ने बारको विषय चर्चामा छाएको छ ।
विभिन्न क्षेत्रगत उपसमितिसंग थप छलफल गरि आवश्यक निर्णय गरिने संघका वरिष्ठ उपाध्यक्ष छविरेस्मी मगरले बताए । उनले व्यवसायीको हकहितको पक्षमा संघ सदैव रहेको र आगामी दिनमा पनि सबैको मागलाई समेट्ने प्रतिवद्धता जनाए ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam