जबरजस्ती करणी मुद्दामा एमाले सांसद बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
काठमाण्डाै – प्रतिनिधि सभामा मुगुबाट निर्वाचित एमाले सांसद मोहन बानियाँविरुद्ध बलात्कारको आरोपमा पक्राउ पुर्जी जारी भएको छ । जुम्लाकी एक शिक्षिकाको उजुरीका आधारमा जिल्ला अदालत बाँकेले पक्राउ पुर्जी जारी गरेको हो ।
ती शिक्षिकाले दिएको उजुरीका आधारमा आफूहरूले अदालतबाट पक्राउ पुर्जी माग गरेको र हिजो मङ्गलवार जबरजस्ती करणीको आरोपमा पक्राउ पुर्जी प्राप्त गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डीएसपी मधुसूदन न्यौपानेले उज्यालोलाई जानकारी दिनुभयो । आरोपी बानियाँलाई पक्राउ गर्न प्रक्रिया सुरु गरेर खोजी भइरहेको पनि उहाँले बताउनुभयो ।
पक्राउ पुर्जी जारी भएको बारेमा संसद् सचिवालय र सभामुखलाई पनि जानकारी गराइसकिएको डीएसपी न्यौपानेले बताउनुभयो । नेकपा एमालेबाट निर्वाचित सांसद बानियाँ यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारमा केही दिन मन्त्रीसमेत बन्नुभएको थियो ।
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
-
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
६० घण्टापछि माटोमुनिबाट जीवित भेटिइन् ६ वर्षीया मनिषा
भदौ १३, २०८३
रसुवा । भोटेकोसी बाढीमा बेपत्ता भएकी रसुवाको गोसाईकुण्ड गाउँपालिका–२, टिमुरेकी ६ वर्षीया बालिका मनिषा मगरलाई करिब ६० घण्टापछि जीवितै उद्धार गरिएको छ।…



ghanashyam