विश्वमा एकै दिन करिब साढे २० लाखमा कोरोना संक्रमण‚ १० हजारको मृत्यु
एजेन्सी-पछिल्लो २४ घण्टामा विश्वभर २० लाख ४६ हजारभन्दा धेरै कोरोना संक्रमित थपिएका छन्। थपिएका संक्रमितमध्ये सबैभन्दा धेरै जर्मनीमा छन्। जर्मनीमा २ लाख ३४ हजारमा संक्रमण पुष्टि भएको छ।
यस्तै‚ रसियामा १ लाख ७९ हजार‚ ब्रजिलमा १ लाख ४७ हजार, फ्रान्समा ९८ हजार, टर्कीमा ९४ हजार, अमेरिकामा ८२ हजार, इटालीमा ५९ हजार, बेलायतमा ५४ हजार र भारतमा २८ हजार संक्रमित थपिएका छन्।
योसँगै विश्वभर कोरोना संक्रमितको संख्या ४१ करोड ७८ लाख ८५ हजार पुगेको छ। जसमध्ये अहिले ७ करोड ८७ लाख बढी संक्रिय संक्रमित छन्।
यसैबीच पछिल्लो २४ घण्टामा १० हजार ३०० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। जसमध्ये अमेरिकामा १ हजार ९००, ब्रजिलमा १ हजार, रसियामा ७००, भारतमा ५००, फ्रान्समा २७६ जनाको मृत्यु भएको छ।
योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ लाख ६६ हजार पुगेको छ। विश्वभर ३४ करोड ११ लाखभन्दा धेरै संक्रमणमुक्त भएका छन्।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam