बाल हिंसा रिपोर्टिङ सम्बन्धी निर्देशिका निर्माण
चन्द्रौटा । बालबालिका माथि हुने हिंसाका घटनाहरूको अनिवार्य रिपोर्टिङ सम्बन्धी निर्देशिका तयार पारिएको छ । शिवराज नगरपालिकाका शिक्षक र स्वास्थ्यकर्मीहरू सँग छलफल पश्चात् उक्त निर्देशिका तयार भएको हो । विभिन्न बाहानमा बालबालिकाहरू हिंसामा परिरहेको बताउँदै हिंसालाई अन्त्य गर्न सबैले तत्तपरदा देखाउनुपर्नेमा जोड दिएको छ ।
युनिसेफको सहयोग र शिवराज नगरपालिकाको आयोजना भएको उक्त कार्यक्रममा वडा न ५ का अध्यक्ष अर्जुन बहादुर पाण्डेले नगर भित्रका विद्यालयहरू बालबालिका माथि हुने हिंसा रहित बनाउन विद्यालयका प्रअ र शिक्षकहरूको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो । समाजलाई सचेत बनाउँदै बालमैत्री समाज बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै युनिसेफका प्रकाश कैनीले बालबालिका माथि हिंसा गरिएमा वा हिंसाका साक्षी भएमा उनीहरूको जीवनमा दूरगामी नकारात्मक असर पर्ने बताउनुभयो । समाजमा वाल हिंसाका कुनै घटना भएमा ती घटनालाई समाधान गर्न सबै लागि पर्नुपर्नेमा जोड दिनुभयो । विद्यालय तथा स्वास्थ्य क्षेत्रले बालबालिका माथि भएका हिंसाका प्रकृति सहित रिपोर्टिङ आवश्यक रहेकोले निर्देशिका तयार पारिएको कैनीले बताउनुभयो ।
कार्यक्रममा अधिवक्ता तथा प्रशिक्षक राजु कुमार श्रीवास्तवले बाल अधिकार, हंसाको परिचय, कानुनी प्रावधान, दण्ड र सजाय लगायत अन्य विषयमा प्रशिक्षण दिनुभएको छ । सहभागीहरूको राय र सुझावको आधारमा बालबालिका माथि हुने हिंसाका घटनाहरूको अनिवार्य रिपोर्टिङ सम्बन्धी निर्देशिका तयार पारिएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam