सन् २०३० सम्ममा नेपालबाट एचआईभी अन्त्य गर्ने याेजना सार्वजनिक
काठमाण्डाै – सरकारले राष्ट्रिय एचआईभी रणनीतिक योजना २०२१/२६ सार्वजनिक गरेको छ । आज बिहीवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा एक कार्यक्रमका बीच नेपालमा सन् २०३० सम्ममा एचआईभी अन्त्य गर्ने गरी राष्ट्रिय एचआईभी रणनीतिक योजना २०२१/२६ (पञ्चवर्षीय) मन्त्रालयले सर्वजनिक गरेको हो ।
रणनीतिक योजना सर्वजनिक कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसङ्ख्या सचिव देवीकुमारी गुरागाईंले सन् २०३० सम्ममा नेपालबाट एचआईभी अन्त्य गर्ने लक्ष्यसहित २०२१/२६ रणनीतिक योजना ल्याएको बताउनुभयो । उहाँले यो रणनीतिक योजनाले एचआईभी सम्बन्धी सेवामा समावेशी , समतामूलक तथा पहुँच योग्य बनाउन सहयोग पुग्ने बताउनुभयो । राष्ट्रिय एचआईभी रणनीतिक योजना २०२१/२६ सार्वजनिकसँगै आजदेखि कार्यान्वयनमा पनि आएको उहाँले बताउनुभयो ।
सचिव गुरागाईंले रणनीतिक योजनाको लक्ष्य पूरा गर्न दातृ निकायको समेत निरन्तर सहयोग आवश्यकता रहेको बताउनुभयो । उहाँले रणनीतिक योजनाको कार्यान्वयनपछि मुख्य गरी नयाँ एचआईभी सङ्क्रमण रोकथाम गर्ने, सङ्क्रमितको स्वास्थ्यमा सुधार ल्याउने, एचआईभी सङ्क्रमणमा न्यूनीकरण ल्याउने लक्ष्य लिएको बताउनुभयो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam