बाँकेमा ६ महिनामा थपिए ४४ कुष्ठरोगी
बाँके : चालु आर्थिक वर्षको ६ महिनामा मात्रै बाँकेमा ४४ जना कुष्ठरोगी फेला परेका छन्। आठ स्थानीय तहका विभिन्न स्थानमा नयाँ रोगी फेला परेको स्वास्थ्य कार्यालयका कुष्ठरोग स्रोत व्यक्ति मानव नेपालीले बताए।
उनका अनुसार सबैभन्दा धेरै नेपालगञ्ज र कोहलपुरमा कुष्ठरोगी छन्। नेपालगञ्जमा १३, कोहलपुरमा ११, जानकी गाउँपालिकामा छ, बैजनाथ र नरैनापुर गाउँपालिकामा पाँच–पाँच, खजुरामा तीन र डुडुवामा एक कुष्ठरोगी फेला परेका छन्। राप्तीसोनारी गाउँपालिकामा भने कुष्ठरोगी फेला परेका छैनन्।
गत आर्थिक वर्षमा बाँकेमा १२८ कुष्ठरोगी फेला परेका थिए। सरकारले १२ वर्षअघि नै नेपालमा कुष्ठरोग निवारण घोषणा गरे पनि बाँके भने अहिले पनि कुष्ठरोगको उच्च जोखिममा देखिएको नेपालीले बताए।
उनले कुष्ठरोगीको पहिचान र उपचार निःशुल्क हुने भएकाले उपचारको पहुँचमा आउन सबैलाई आग्रह गरे। कुष्ठरोग जोखिमका हिसाबले बाँके देशकै दोस्रो स्थानमा छ। लुम्बिनी प्रदेशको कपिलवस्तु जोखिमको हिसाबले पहिलो स्थानमा छ। प्रति १० हजारमा एकजनाभन्दा कम भए निवारण भएको मानिन्छ। बाँकेमा प्रति १० हजारमा एक दशमलव ५९ मा कुष्ठरोगको सङ्क्रमण देखिएको छ।
जानकी–३ मानपुरमा रेफरल अस्पतालका रूपमा रहेको साइनिङ अस्पतालमा कुष्ठरोगको उपचार हुने गरेको छ। अस्पतालमा चालु आर्थिक वर्षको ६ महिनामा ७४ नयाँ कुष्ठरोगी फेला परेको अस्पतालका प्रमुख मंगल थारूले जानकारी दिए। तीमध्ये बाँकेका ३०, बर्दियाका २२, दाङका पाँचसहित अरु सल्यान, प्यूठान र भारतीय बिरामी हुन्।
भारतसँगको खुला सीमानाका, नयाँ कुष्ठरोगी फेला पर्दै जानु, उपचार सेवाको पहुँच हुनु, जनसंख्या पनि धेरै हुनुलगायत कारणले बाँकेमा कुष्ठरोगीको संख्या बाँकेमा बढी देखिएको हुनसक्ने थारूको भनाइ छ। कुष्ठरोगको जोखिम कायमै रहेकाले यसको पहिचान, उपचार र निदान नै निवारणको पहिलो उपाय भएको जनाउँदै उनले कुष्ठरोगको उपचार निःशुल्क हुने भएकाले त्यस्ता बिरामीलाई सम्पर्कमा आउन आग्रह पनि गरे।
कुष्ठरोग कुनै पाप र धर्मका कारण नभएर यो मानिसको श्वासप्रश्वासबाट सर्ने भाइरस भएकाले समयमै यसको पहिचान गरेर समयमै उपचार गरे शरीर अङ्गभङ्ग हुनबाट जोगिने उनको भनाइ छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam