विजयनगरमा १ करोड ५० लाखको लागतमा अद्वैतमतको सभा हलको शिलान्यास
घनश्याम भर, विजयनगर ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा परम हंस अद्वैतमत आश्रमको सभा हलको शिलान्यास गरिएको छ । गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा र आश्रमका महात्माले उक्त आश्रमको हल शनिबार संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो ।
गाउँपालिकाको वडा नम्बर ७ मधुनगरमा परम हंस अद्वैतमतको आश्रमको सभा हलको निमार्ण हुन लागेकोे वडा अध्यक्ष दिनेश कुमार चौधरीले जानकारी दिनुभएको छ ।
गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले गाउँपालिकाको १ करोड ५० लाख रुपैयाँको लगानीमा अद्वैतमत आश्रमको सभा हलको निर्माण गरिने बताउनुभयो । उहाँले हलमा ५ सय जनाले सहभागी हुन मिल्ने गरि हलको निर्माण गरिने बताउनुभयो । अध्यक्ष थापाले भक्तजनलाई भजन अभ्यासमा सहज हुने बताउनुभयो ।
हाल आश्रमको हल ९७ लाखको ठेक्का भएको प्राविधिक नवीन डुम्रेले बताउनुभयो । आगामी असार समान्तभित्रै हलको निर्माण कार्य सम्पन्न हुने डुम्रेले बताउनुभयो । कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी लगायत भक्तजनहरुको उपस्थिति रहेको जनाइएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam