टी-२० विश्वकप छनोट : क्यानडालाई ८ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा
एजेन्सी-ओमानमा जारी टी-२० विश्वकप क्रिकेट छनोट खेलमा नेपालले क्यानडालाई ८ विकेटले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ। क्यानडाले नेपाललाई जितका लागि ८१ रनको लक्ष्य दिएको थियो। समूह चरणको अन्तिम तथा तेस्रो खेल लगातार जितेर नेपालले ६ अंकसहित समूहको शीर्षमा रहँदै सेमिफाइनलमा पुगेको हो। अब नेपालले सेमिफाइनलमा युएईसँग खेल्नेछ।
नेपाललाई ओपनर कुशल भुर्तेलले ३७ बलमा ३४ रन र तेस्रो विकेटमा आएका दिपेन्द्रसिंह ऐरीले ३१ बलमा २७ रन बनाउँदै ८ विकेटको सहज जित दिलाए।ओमानको अल-अमिरातको ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा नेपालले ८१ रनको लक्ष्य भेट्टाउन १४ ओभर र १ बलमात्र खेलेको थियो।
नेपालले कुल २२ रनको स्कोरमा ओपनर आसिफ शेखका रुपमा पहिलो विकेट गुमाएको थियो। उनले १६ बल खेलेर १७ रन बनाए, जसमा एउटा छक्का पनि सामेल थियो। उनलाई क्यानडाका सलमान नजरले लेग बिफोर विकेटको ट्र्यापमा पारेका थिए।
फर्स्ट डाउनमा आएका कुशल मल्ल भने १ बलमात्र सामना गरेर कलीम सनाको बलमा बोल्ड भए। उनले कुनै रन बनाउन सकेनन्। यतिवेला नेपालको स्कोर ४ ओभर ३ बलमा २३ रनमात्र थियो।
यसपछि क्रिजमा उत्रिएका दिपेन्द्रसिंह ऐरी र भुर्तेलको जोडीले नेपाललाई सेमिफाइनलमा प्रवेश गराएको थियो। क्यानडाका लागि सलमान नजर र कलीम सनाले १/१ विकेट लिए।
पहिले टस जितेर ब्याटिङ गरेको क्यानडाले १५ ओभरमा सबै विकेट गुमाउँदै ८० रन बनाएको थियो।
क्यानडालाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि कप्तान सन्दिप लामिछानेले सर्वाधिक ३ विकेट लिएका छन्। त्यस्तै कमल सिंह ऐरी र अविनाश बोहोराले २/२ विकेट लिए।
क्यानडाका लागि डिलोन हेलगरले सर्वाधिक २४ रन बनाए। २२ बल खेलेका उनले १ चौका र २ छक्का प्रहार गरेका थिए। त्यस्तै नवनित धलिवालले १८ र रायन पठानले १४ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam