शिवराजमा बेल्बासेको अध्यक्षतामा ४५ सदस्यिय उद्योग व्यवसाय महासंघ चयन
कपिलवस्तु-नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ शिवराजको प्रथम भेलाले अर्जुन बेल्बासेको अध्यक्षतामा ४५ सदस्यिय चयन गरेको छ ।नेकपा एमालेको भातृ संगठन नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको बुधबार चेम्बर अफ कमर्श कपिलवस्तुको सभाहलमा भएको भलाले बेल्बासेलाई सर्वसहमत अध्यक्षमा चयन गरेको हो ।
यस्तै भेलाले उपाध्यक्षमा शन्तोशि गैरे र राम प्यारे थारु सचिबमा पुष्कर नाथ बेल्बासे , उपसचिबमा गोमा कुवंर , कुल बहादुर रोका र जीवन के सी र कोषाध्यक्षमा विष्णु पाण्ड र सह कोषाध्यक्षमा गोविन्द यादव सहित ४५ सदस्यीय शिवराज नगर कार्य समिति चयन गरेको हो ।
भेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ कपिलवस्तुका अध्यक्ष एवम एमाले शिवराज नगर कमिटी उपाध्यक्ष महादेव पोख्रेलले व्यवसायीका समस्याहरुलाई समाधान गर्न संगठनले आवाज उठाउनु पर्ने बताउनु भयो । महासंघले उद्योगी र व्यापारीको हितमा रहेर काम गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ शिवराजका अध्यक्षमा चयन हुनु भएका बेल्बासेले महासंघले नगरमा रहेका व्यापारीका हक हितको लागि सधैव आवाज उठाउने प्रतिबद्धता जायर गर्नु भयो । बेल्बासेले व्यवसायीको गुनासो र समस्या समाधान गर्न सधै तयार रहने बताउनु भयो ।कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य द्रोण अधिकारी , बाबुराम सापकोटा, ओम प्रकाश भण्डारीलगायत नेकपा एमाले शिवराजका नेताहरुको सहभागिता रहेको थियो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam