प्रविधिमैत्री बने क्वारेन्टाइन
माधव बेल्वासे
चन्द्रौटा २४ चैत
सफा सुंग्घर, फर्म माथी म्याट्रेस छ, दुरीको हिसावले सबै टाढा टाढा छन्,त्यहाँ बसेको सबैको हातमा मोवाईल छ, हेर्दा लाग्छ त्यो कुनै क्वारेन्टाइन होईन् । यो दृश्य हो, शिवराज नगरपालिकाले खरेन्द्रपुरमा निर्माण गरेको क्वारेन्टाइनको । अहिले यस क्वारेन्टाइनमा १६ जना छन्,सबै भारतवाट आएका हुन्, कसैको स्वास्थ्यमा समस्या छैन्,कसैले युटुब हेरिरहेका छन् त कसैले परिवार सँग भिडियो कल ।
भारतमा उच्च जोखिम देखेपछी नेपाल फर्किएका उनीहरुको दैनिकी गफगाफ र विश्वको खबर सुनेर हेरेर बित्ने गरेको छ । सामाजिक संजालमा आएका समाचारहरु हेर्दा कता कता डर लागेको बताउछन् । क्यान कपिलस्तुले जडान गरेको ईन्टनेटवाट क्वारेन्टाइनमा बसेका सबै खुसि छन् । क्वारेनटाइनमा बसेकाहरुलाई ईन्टरनेट बाट समय विताउन सहज भएको वडा न ३ का अध्यक्ष टेकलाल सापकोटा बताउनुभयो । ‘समय बिताउन गाह्रो थियो ईन्टरनेट भएपछी सजिलो भयो, सापकोटाले भन्नुभयो, ‘क्वारेनटाइनमा बसेकाहरुलाई असहज हुने कुनै काम हुदैन ।’
क्यान कपिलवस्तुले शिवराज नगरपालिकामा मात्र होईन तौलिहवाका ४ वटा क्वारेनटाइन स्थलमा निशुल्क ईन्टरनेट जडान गरेको छ । कपिलवस्तु नगरपालिका र मायादेवी गाउँपालिकामा रहेका क्वारेनटाइनमा निशुल्क रुपमा ईन्टरनेट जडान गरेको महासंघका पुर्व अध्यक्ष माधव घिमिरेले बताउनुभयो । ‘यो विपत्तिको समयमा हाम्रो सामाजिक उत्तरदायित्व हो,’घिमिरेले भन्नुभयो, ‘आवश्यक परे सबै तहमा निःशुल्क ईन्टरनेट जोड्छौ, ।’
कपिलवस्तु नगरपालिकाले निर्माण गरेको रत्नराज्य मावि र बुद्धपद्धम माविको क्वारेनटाइनमा निःशुल्क इन्टरनेट जडान छ । कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान) कपिलवस्तु र तौलिहवास्थित मार्स कम्प्युटरले सदरमुकामको तौलिहवाका दुई क्वारेन्टाइनमा निःशूल्क ईन्टरनेट जडान गरेको घिमिरेले बताउनुभयो । यता महेन्द्र आधारभुत विद्यालय तथा मायादेवी गाउँपालिकाको छत्रपाली तिर्थादेवी मावि र शिवराज नगरपालिकाको सुपा देउराली भिलेजमा रहेको क्वारेन्टाइनमा नेट जडान गरिएको हो ।
क्वारेन्टाइनमा निशुल्क ईन्टनेट जडान भएपछि शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले धन्यवाद दिनुभयो । ‘प्रविधिको युगमा ईन्टनेट जडान गरेर सामाजिक काम गरेको छ’ अधिकारीले भन्नुभयो, ‘क्वारेन्टाइनमा बसेकाहरुलाई समय बिताउन सहज हुने छ, ।’ क्वारेन्टाइनमा शुद्ध खानेपानी, शौचालय,खानपानको राम्रो व्यावस्था भएको अधिकारीले बताउनुभयो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


