उत्पिडित जातिय मुक्ति मोर्चाको जिल्ला अधिवेशन फाल्गुन २८ गते हुने
कपिलवस्तु-नेपाल उत्पिडित जातिय मुक्ति मोर्चा जिल्ला कमिटि कपिलवस्तुको बिस्तारीत बैठक जिल्लाको चन्द्रौटामा सम्पन्न भएको छ । बैठकले फाल्गुन २८ गते चन्द्रौटामा नेपाल उत्पिडित जातिय मुक्ति मोर्चा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ । बैठकलाई सम्बोधन गर्दै सम्पुर्ण आआफ्नो स्थानबाट जिल्ला अधिवेशन सम्पन्न गर्न नेपाल उत्पिडित जातिय मुक्ति मोर्चा लुम्बनि प्रदेश सचिव तथा नेकपा एमाले जिल्ला कमिटि सचिव सि बि गहतराजले निर्देशन गर्नु भयो । आउदै गरेको स्थानिय तहको निर्वाचनमा नेकपा एमालेलाई पहिलो पर्टि बनाउन दलित समुदाय संगठित हुनुपर्ने एमाले जिल्ला कमिटि सचिव सि बि गहतराजले बताउनु भयो ।
नेकपा एमाले समाजमा पछाडि पारीएको दलित समुदायको मुक्तिको बाटो भएको बताउदै आजको २१ औ सताब्दिमा पनि छुवाछुत जस्तो जगन्य अपराधको समाजबाट अन्त गर्नुपर्नेमा नेकपा एमाले जिल्ला कमिटि उप सचिव तथा लुम्बनि प्रदेश सांसद अर्जुन के।सिले जोड दिनु भयो ।
आउदै गरेको स्थानिय तहको निर्वाचनमा पार्टिले महिला दलित सदस्य मात्र दिने संस्कारलाई बद्ने सन्देश सहित कपिलवस्तुको जिल्ला अधिवेशन सम्पन्न होस मुक्ति समाज ईन्चार्ज सुमित्रा परियार बताउनु भयो ।
बैठकले दलित समुदायबाट नेकपा एमाले जिल्ला कमिटिमा सचिव सहित ८ जना निर्वाचित भएकोमा बधाई ज्ञापन गरिएको थियो । साथै नेकपा एमाले जिल्ला कमिटि कपिलवस्तुको सर्कुलर पढेर सुनाईएको थियो ।
मुक्ति मोर्चाको बैठकले जिल्ला कमिटि अध्यक्ष टीका सुनारको संयोजकत्वमा ३०१ जनाको मुल आयोजक समिति गठन गर्ने निर्णय गरेकोछ ।
बैठकबाट अध्यक्ष टीका सुनारको संयोजकत्वमा ५ सदस्य प्रतिवेदन लेखन समिति, अध्यक्ष टीका सुनारको संयोजकत्वमा १९ सदस्य आर्थिक संकलन समिति, उपाध्यक्ष राम प्रघट कोरीको संयोजकत्वमा ३ सदस्य प्रतिनिधि छनौट ब्यवस्थापन समिति, पदम सुनारको संयोजकत्वमा ५ सदस्य खाजा ब्यवस्थापन समिति, फर्स विक संयोजकत्वमा ५ सदस्य साउण्ड तथा स्टेज ब्यवस्थापन, निर्मला सुनारको संयोजकत्वमा ५ सदस्य अतिथि ब्यवस्थापन, संजिव गहतराजको संयोजकत्वमा ३ सदस्य प्रचार प्रसार समिति गठन गरेको छ ।
११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन
भदौ १६, २०८३
काठमाण्डौ – एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भएको छ…



ghanashyam