कपिलवस्तु नगरपालिका वडा नम्बर १० को भवन उदघाटन तथा सम्मान कार्यक्रम संपन्न
कपिलवस्तु – कपिलवस्तु नगरपालिका वडा नम्बर १० स्थित तेनुवामा नव निर्मित वडा कार्यालय भवनको उदघाटन गरिएको छ । मेयर किरण सिंहले पानसमा दिप बाली र शिला लेखको ब्यानर उघारेर भवनको उदघाटन गरेका हुन । सो अवसरमा मेयर सिंहले अब नगरपालिकाको सबै १२ वटै वडा कार्यालयको आफनै भवन भएको बताए । उनले वडा नम्बर २, ३, ४ मा समेत नया भवन बनेको र बाकी वडामा भवन मर्मत गरी वडा कार्यालय संचालन हुदै आएको बताए ।
उनले वडा कार्यालयलाई पुर्वाधार र प्रबिधि मत्रै बनाउन नगरपालिकाले हर तरहले कोशिश गरेको बताए । आफनै भवनमा वडा कार्यालय संचानल भए पछि वडाबासीले राम्रो सेवा पाउने उनले बताए । तपेश्वरी निर्माण कम्पनीले ९९ लाखमा सो भवन निर्माण गरेको वडाध्यक्ष मोहनलाल शर्मालेृ बताए । कार्यक्रममा वडा भित्रका शिक्षा, स्वास्थ्य, सामाजिक क्षेत्र लगायतका बिभिन्न क्षेत्रमा काम गर्ने १ सय ५ जनालाई कदर पत्रले सम्मानित गरिएको थियो ।
सो अवसरमा मेयर सिंह र नगरपालिकाका बरिष्ठ सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठलाई समेत वडाध्यक्ष शर्माले सम्मानित गरेका थिए । वडालाई बालमैत्री वडा घोषणा गर्न योगदान दिनेहरुलाई समते सम्मानित गरिएको थियो । सो अवसरमा ५ बर्ष बित्न लागको कार्यकालमा वडाको आफनै भवन निर्माण भई उदघाटन समेत गरिएकोमा वडाध्यक्ष शर्माले खुशी ब्यक्त गरे ।
उनले आफुले वडाबासीलाई आफनो बलबुताले भ्याए सम्म सेवा दिएको दाबी गरे । वडाध्यक्ष पदमराज शर्माको अध्यक्षता र बरिष्ठ सामाजिक विकास अधिकृत श्रेष्ठको संचालनमा भएको कार्यक्रममा नगरपाकिलाका शिक्षा सल्लाहकार कनकमान श्रेष्ठ, पुर्व निग्लीहवा गाबिस उपाध्यक्ष अब्दुल सत्तार खा, कनकमुनी उमाबिका प्राचार्य अफाक अहमद खा लागतयले शुभकामन मन्ब्य दिएका थिए । कार्यक्रममा स्थानीय थारु महिलाहरुको नृत्यु समेत प्रस्तुत गरिएको थियो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam