कोरोना संक्रमणमुक्त हुने दर ९८ प्रतिशत, देशभरि ७५ सय १७ जना सक्रिय संक्रमित
काठमाडौं : पछिल्लो २४ घन्टामा देशभरि १ सय ५ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ४ हजार ९ सय २४ जनामा गरिएको परीक्षणमा १ सय ५ जना संक्रमित भेटिएका हुन् ।
आज ३ जना संक्रमितको मृत्यु भएको छ भने ३ सय २० जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको विवरणअनुसार हाल देशभरि ७ हजार ५ सय १७ जना सक्रिय संक्रमित रहेका छन्। कोरोना संक्रमणमुक्त हुने दर ९८ प्रतिशत छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना
भदौ १६, २०८३
काठमाण्डौ – आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । साथै आज राति…



ghanashyam