नेपाल उत्पीडित जातीय मुक्ति समाज विजयनगर वडा ५ को अध्यक्षमा शिव प्रसाद कोरी
विजयनगर ।
नेपाल उत्पीडित जातीय मुक्ति समाज विजयनगर कमिटीले वडा कमिटी विस्तार कार्यलाई तीव्रता दिएको छ । विजयनगर गाउँपालिकामा नेपाल उत्पीडित जातीय मुक्ति समाज विजयनगरको ५ नम्बर वडा कमिटीको अध्यक्षमा शिव प्रसाद कोरी चयन हुनुभएको छ । शुक्रबार बघमरवारमा भएको वडा भेलाले कोरीलाई निर्विरोध चयन गरेको हो ।
जसको उपाध्यक्षमा प्रभावती कोरी, शुभावती पासी, सचिवमा हिरा कोरी, सह–सचिवामा पिन्टु पासीसहित १७ सदस्यीय वडा कमिटी गठन गरिएको नेपाल उत्पीडित जातीय मुक्ति समाज विजयनगर गाउँ कमिटीका अध्यक्ष तौलेश्वर खटिकले जानकारी दिनुभएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी एमालेका कपिलवस्तु जिल्ला सदस्य गोपाल बहादुर थापाले एकजुट नभएसम्म समाज परिवर्तन नहुने बताउनुभएको छ । उहाँले आफ्नो हक अधिकारका लागि एकताबद्ध भइ अगाडी बढ्ने र आवाज उठाउनुपर्नेमा जोड दिनुभयो । हरेक कार्यको विकासका लागि सबैले संगठित हुन आवश्यक रहेको थापाले जिकिरसमेत गर्नुभयो ।
उहाँले दलित समुदाय परापुर्व कालदेखि नै एकजुट नभएका कारण पछाडी परेको बताउनुभयो । विजयनगर गाउँपालिकाका अध्यक्षसमेत रहेका थापाले ५ वर्षको कार्यकालमा हरेक पुर्वाधारको विकासमा उल्लेखनीय कार्य गर्न सफल भएको दाबी गर्नुभयो ।
यस्तै विजयनगर गाउँ कमिटी सचिवालय सदस्य अनवर मोहम्मद मुसलमानले नेकपा एमालेले मात्र देशको विकासमा एक रुपता ल्याउन सक्ने बताउनुभयो । पार्टीलाई बलियो बनाउन भातृ संगठनको महत्वपूर्ण भएको बताउनुभयो । उहाँले आफ्नो गाउँ–ठाउँको विकासका लागि आफै नेतृत्व गर्नुपर्नेमा जोड दिनुभयो ।
क्रमशः वडा १ र २ मा २१ गते गुगौली र मगरघट्टा, वडा ३ र ४ मा २३ गते जगदीशपुर र शंकरपुर, वडा ६ मा २२ गते भट्नी हरिबोध वडा ७ मा २४ गते गणेशपुर वडा भेला गर्ने तयारी गरिएको जनाइएको छ ।
कार्यक्रम नेपाल उत्पीडित जातीय मुक्ति समाज विजयनगर गाउँ कमिटीका अध्यक्ष तौलेश्वर खटिकको अध्यक्षता, गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीको विशिष्ट आतिथ्यता र दिपेन्द्र कपू््रको सञ्चालनमा सम्पन्न भएको हो ।

मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam