बाल ज्योति माविमा भवनसहित कम्प्युटर ल्याबको एकैसाथ उद्घाटन
राम अवतार चौधरी, कपिलवस्तु।
बाल ज्योति माध्यमिक विद्यालय बिसुनपुरमा नवनिर्मित विद्यालयको भवनसहित कम्प्युटर ल्याबको एकैसाथ उद्घाटन गरिएको छ । जिल्लाको शिवराज नगरपालिकाको वडा नं. ८ मा शुक्रबार एक कार्यक्रमका बीच शिवराज नगर प्रमुख नेत्रराज अधिकारीले भवनसहित कम्प्युटर ल्याबको उद्घाटन गरिएकाे विद्यालयले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख नेत्रराज अधिकारीले आजको युग प्राविधिक युग भएको बताउँदै कम्प्युटर शिक्षा आजको आधारभूत आवश्यकता भएको बताए । अहिले विद्यालयको शैक्षिक गुणस्तरीयतालाई बृद्धि, विकास र प्रभावकारी बनाउन कम्प्युटर प्रविधि नभई नहुने उनले जनाए ।

समय परिवर्तनसँगै सबै विद्यालय, शैक्षिक संस्थाहरुमा कम्प्युटर शिक्षा अनिवार्य हुनुपर्ने अधिकारीको भनाई छ । विद्यार्थीको आवश्यकता अनुसार विद्यालयले ल्याबको व्यवस्थापन गरेको भन्दै नगर प्रमुख अधिकारीले प्रशंसासमेत गरे ।
यसैबीच विद्यालयले सरस्वती माताको मूर्तिसमेत स्थापना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुलचन्द यादवले बताए । उनले विद्यालयको शैक्षिक गुणस्तरीयतालाई मध्यनजर गर्दै बाल विकास केन्द्रमा एल.सी.डी. व्यवस्थापन आर.सी.सी निर्माण र चर्पीमा पानी सप्लाई विषयगत शिक्षक व्यवस्थानसमेत गरिएको अध्यक्ष यादवले जनाए । आगामी दिनमा शैक्षिक स्तरलाई अझै व्यवस्थित गर्दै योजनाबद्ध ढङ्गले अगाडी बढ्दै जाने समेत उनले जिकिर गरे ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam