रुस र युक्रेनबीच तेस्रो चरणमा भएको वार्ता पनि निष्कर्षविहीन : झण्डै १७ लाख मानिसले युक्रेन छाडे
रुस र युक्रेनबीच तेस्रो चरणको शान्ति वार्ता भएको छ । दुई पक्षबीच बेलारुसमा झण्डै तीन घण्टा वार्ता भएको रुसी दूतावासले जनाएको छ । तर तेस्रो चरणको वार्ताले पनि अपेक्षित परिणाम ल्याउन नसकेको मस्को र किएभका प्रतिनिधिले स्वीकार गरेका छन् ।
रुसको वार्ता टोलीका प्रमुख राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी भ्लादिमिर मेडिन्स्कीले वार्तामा राखिएको अपेक्षा पूरा हुन नसकेको बताउनुभयो । युक्रेनी राष्ट्रपति कार्यालयका सल्लाहकार मिखाइल पोडोल्याकले पनि कुनै नतिजा नआएको प्रतिक्रिया दिनुभएको छ । दुवै पक्ष छिट्टै वार्तामा जुट्न सहमत भएका छन् । यसअघि गरिएका दुई चरणका वार्तामा पनि ठोस निष्कर्ष निस्कन सकेको थिएन ।
युक्रेन छोड्न चाहने नागरिकको उद्धारका लागि मानवीय करिडोर व्यवस्थापनमा तत्काल काम थाल्न रुस सकारात्मक रहेको समाचार संस्था तासले जनाएको छ । रुसले किएभबाट जानेलाई बेलारुसतिर र खार्किभबाट जाने मानिसलाई रुसतिरको बाटो पठाउन खोजेको छ । तर युक्रेनले यो प्रस्तावमा असहमति जनाएको छ । रुसले आक्रमण गरेको बाह्रौँ दिनसम्म युक्रेनबाट झण्डै १७ लाख मानिस बाहिरिएका छन् । रुसले युक्रेनका दक्षिणी र पूर्वी सहरमा आक्रमण गरिरहेको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam