चन्द्राैटा खानेपानीकाे अध्यक्षमा चार आकांक्षी
कपिलवस्तु ।
चन्द्रौटा खानेपानी आयोजनाको उपभाेक्ता निर्माणको लागी हुने निर्वाचनमा चार राजनैतिक दलका उम्मेदावार चुनावी मैदानमा उत्रने देखिएको छ । चैत्र १२ गते हुन गईरहेको निर्वाचनको लागी चार जना चुनावी मैदानमा उत्रने तयारीमा रहेका छन । निर्वाचनमा नेकपा एमालेवाट दमन प्रसाद भाट क्षेत्री , नेपाली कांग्रेसवाट केशव पाण्डे , नेकपा एकिकृत समाजवादीवाट जिवलाल पौडेल , जनता समाजवादी पार्टिवाट तौफिक खांनको नाम चर्चामा रहेको छ । चर्चामा रहेका नामहरुवाट नै उम्मेदावार वनाउने अन्तीम कसरमा राजनैतिक दलहरु लागी रहेको उनीहरु निकट श्रोतले दावी गरेको छ ।
नेकपा एमालेवाट उम्मेदावार वन्ने तयारीमा रहेका दमनप्रसाद भाट क्षेत्रीले आफुले निर्वाचनमा जित निकाल्नेमा विश्वस्त रहेको वताएका छन । उधोग वाणिज्य संघका महासचिव समेत रहेका भाट खानेपानीको नेतृत्व सम्हाल्न आफु तयार रहेको वताएका छन । नेपाली कांग्रेसवाट उम्मेदावार वन्ने तयारीमा रहेका पाण्डेले खानेपानी आयोजनाको सुरुवात देखिनै संस्थाको लागी काम गरिरहेकोले आफनो उम्मेदावारी स्वभाविक हुने वताएका छन । आयोजनामा देखिएका विभिन्न समस्या समाधानको लागी क्रियाशिल रहेको दावी गर्ने पाण्डेले आफुले नेतृत्व पाउनेमा आसावादी रहेको वताएका छन ।
यता नेकपा एकिकृत समाजवादीवाट उम्मेदावारी दिने योजनामा रहेका जिवलाल पौडेल पनि चुनावी मैदानमा प्रतिस्पर्दा गर्न ईच्छुक देखिएका छन । आफु सामाजिक कार्यमा क्रियाशिल रहेको वताउने पौडेल खानेपानीको नेतृत्व गर्न सक्षम रहेको वताएका छन । उनले उपभाेक्ताकाे विश्वास आफु माथि रहेको वताउदै आएका छन ।
उता हाल अध्यक्ष रहेका तौफिक खाँन जनता समाजवादी पार्टिवाट पुन अर्को कार्यकालको लागी अध्यक्ष वन्ने दाउमा रहेका छन । पहिलो कार्यकालमा पुरा हुन नसकेका कामहरु सम्पन्न गर्न पुन उम्मेदावारी दिने तयारीमा रहेको वताएका छन । उपभाेक्ताले दोस्रो कार्यकालको लागी पुन आफुलाई विश्वास गर्नेमा विश्वस्त रहेका छन ।
निर्वाचनमा प्रतिस्पर्दाको लागी आंकाक्षीहरु देखिएपनि राजनैतिक दलहरुले आधिकारीक उम्मेदावारहरु भने टुङगाई नसकेको वताएका छन । कुल १४ सय २५ जना उपभाेक्ता रहेको खानेपानी आयोजनाको उपभाेक्ता समिती छनोटको लागी चैत १२ गते निर्वाचनको मिति तोकिएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam