बाल बालिकाको संरक्षण कृष्णनगरको प्राथमिकता : नगर प्रमुख शाह
कपिलवस्तु-युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको नाममा गरिने हिंसात्मक व्यवहार, बालश्रम, बाल विवाह, लैंगिक हिंसा, मानव बेचविखन र आनलाइन सुरक्षा सम्बंधि विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख शाहले बाल बालिका माथि हुने कुनै पनि प्रकारको हिंसामा शून्य सहनशीलता अपनाउन आग्रह गर्नु भयो । बाल बालिकाको संरक्षण कृष्णनगर नगरपालिकाको पहिलो प्राथमिक बिषय रहेको बताउनु भयो ।
कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै युनिसेफका प्रकाश कैनिले बाल बालिका माथि हुने सबै प्रकारका हिंसा हरूको निवारण हुनु पर्ने भएकाले विद्यालय र परिवार भित्र बाल बालिका हरू सुरक्षित रहनका लागि विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरूको महत्वपूर्ण भूमिका रहने बताउनु भयो ।कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षा शाखाका कर्मचारी , शिक्षक लगायतको सहभागिता रहेको थियो ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam