कपिलवस्तु महोत्सवमा नेपालमै पहिलो पटक सबैभन्दा ठुलो गेट(बुर्ज खलिफा) बन्दै

कपिलवस्तु ।१२ औँ कपिलवस्तु महोत्सवमा नेपालकै सबैभन्दा ठुलो गेट बन्ने भएको छ । करिव ४५ फुट अग्लो (बुर्ज खलिफा) महोत्सवको प्रवेशद्धारका रुपमा रहने आयोजक कपिलवस्तु उद्योग बाणिज्य सघंले जनाएको छ । नेपालमा लाग्ने महोत्सवमा नयाँपन दिने उदेश्यले आफुहरुले नेपालमै पहलिो पटक ठुलो लगानी प्रवेशद्धाराका रुपमा ब्रुज गलिफा बनाउन लागेको सघंका महासचिव मनोज पौडेलले जानकारी दिए ।

दुवैमा रहेको सो भवनलाई जस्ताको त्यस्तै बनाउन अहिले भारतको चेन्नईबाट कामदारहरु आएर बनाउने काम अगाडी बढाएका छन ।

महोत्सवको आर्कषब बढाउन यस्तो बनाउन थालिएको पौडेलको भनाई छ । साथै महोत्सव स्थलभित्र बुद्ध, शिव र गुम्भाको मर्तिका साथै आर्कषक सेल्फी जाने समेत रहने महोत्सवका संयोजक तथा कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष डोलकराम घिमिरेले वैखरी अनलाइनलाई बताए । महोत्सव सफल पार्न सबै सरोकारवालाले आआफनो ठाउबाट सहयोग गर्न समेत संयोजक घिमिरेले आग्रह गरेका छन ।
यसैबिच १० औँ कपिलवस्तु डान्स आइडलको पहिलो अडिशन यहीँ फागुन २८ गते शनिबार हुने भएको छ ।

चैत्र ३ गतेदेखि १३ गतेसम्म हुने कपिलवस्तु महोत्सवको बिशेष प्रस्तुतीको रुपमा रहेको कपिलवस्तु डान्स आइडलको अडिशन २८ गते बिहान ११ बजेबाट सघंकै सभाहलमा हुने डान्स आइडल संयोजक बिरेन्द्र खाणले जानकारी दिएका छन ।

इच्छुकले आयोजक कपिलवस्तु उद्योग बाणिज्य सघंको कार्यालयमा सम्र्पक गर्न समेत संयोजक खाणले आग्रह गरेका छन । आइडलमा प्रथम हुनेले नगद रु १ लाख ११ हजार एक ११ मेडल र प्रमाण पत्र, द्धित्तिय हुनेले नगद रु ७७ हजार ७ सय ७७ मेडल र प्रमाण पत्र, तृत्तिय हुनेले नगद रु ५५ हजार ५ सय ५५ मेडल र प्रमाण पत्र पाउने सघंका प्रेस सल्लाहकार अशोक पौडेलले जानकारी दिए ।

TOP