कृष्णनगरमा मेयर पदका ७ उम्मीदवार, को मार्ला बाजी ?
शिवराज अनलाइन, कृष्णनगर ।
आउँदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कपिलवस्तुको कृष्णनगर नगरपालिकामा मेयर पदका लागि ७ जना आंकाक्षी देखिएका छन् । हाल नगरपालिका प्रमुख रजत प्रताप शाहले पनि उम्मीदवार बन्ने देखिएका छन् । त्यस्तै मनोज कुमार ओझा, शिव प्रसाद जयसवाल, जाबेद खान, श्याम कुमार मिश्र, अकरम पठान र कुनाल प्रताप शाहले कृष्णनगरको मेयर पदमा उम्मेदवारी दिने चर्चा परिचर्चामा देखिएका छन् ।
मेयर पदमा स्वतन्त्रबाट जितेका रजत प्रताप शाहले हालै बहादुरगञ्जमा एक कार्यक्रमका बीच नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । नेपाली काँग्रेसबाट मेयर पदका लागि टिकट पाउने भएपछि मेयर शाहले काँग्रेसमा प्रवेश गरेका हुन् । शाह स्वतन्त्रबाट जितेर हरेक पुर्वाधारमा सरहानीय कार्य गरेकाले पुनः शाहलाई कृष्णनगरको मेयरमा जित्ने प्रबल सम्भावना देखिएको छ ।
यस्तै मनोज कुमार ओझाको पनि मेयर पदका उम्मीदवार बन्ने बजारमा चर्चा चलिरहेको छ । लामो समयदेखि पत्रकारिता पेशा गर्दै आएका ओझाले हाल राजनीतिका क्रियाकलापमा सक्रिय बन्दै राजनीतिमा हामिएका छन् । उनी पनि जनताका घरदैलो पुग्दै गर्दा मेयर पदमा उठ्ने सम्भावना बढी देखिएको छ । ओझा पनि कृष्णनगरमा जनताका लोकप्रिय समाजसेवीका रुपमा परिचित हुँदै आएका छन् ।
यस्तै जाबेद खानले मेयर पदका लागि उम्मीदवारी दिने बढी सम्भावना देखिएको छ । खानको भाइकी पत्नी नेकपा माओवादी केन्द्रबाट उप–मेयरमा जितेकी हुन् । तसर्थ अहिले खानले मेयरमा जित्ने सम्भावना बढी देखिएकोले उनले मेयरको आकांक्षीमा देखिएका छन् ।
यस्तै गत स्थानीय चुनावमा पराजित भएका शिव प्रसाद जयसवाल पुनः मेयरका उम्मीदवार बन्ने कसरतमा रहेका छन् । गत निर्वाचनमा उनी रजत प्रताप शाहका प्रतिद्वान्दी थिए । अहिले जयसवालले मेयरमा जित्ने सम्भावना बढी नै देखिएको । जयसवालले जनताका सामु एक कर्मठ, इमान्दार समाजसेवी भएकोले जनताले मेयर जिताउने आकांक्षा पुरा हुने सम्भावनाले कृष्णनगरमा जयसवालको चर्चा बढी रहेको छ ।
गत स्थानीय तहको निर्वाचनामा पराजित भएका श्याम कुमार मिश्र पनि मेयरमा उम्मीदवारी दिने चर्चा आइरहेका छन् । मिश्र एक लोकप्रीय कलाकार तथा समाजसेवीका व्यक्ति रुपमा चर्चित छन् । मिश्रलाई पनि उनको समर्थकले जिताउने चर्चा गरिहेका छन् ।
उनले सँधै जनताका सेवा गर्दै आएकाले मिश्रलाई मेयरमा जिताउने जनताले चर्चा गर्न थालेका छन् । यस्तै समाजसेवी अकरम पठान र कुनाल प्रताप शाहले पनि मेयर पदका उम्मीदवार बन्ने सम्भावना रहेको छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना
भदौ १६, २०८३
काठमाण्डौ – आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । साथै आज राति…



ghanashyam