कोरोना संक्रमित भेटिएको भन्दै फेसबुकमा स्टाटस लेख्ने पक्राउ
काठमाडौं । कैलालीमा कोरोना (कोभिड(१९) संक्रमित व्यक्ति भेटिएको भन्दै फेसबुकमा गलत स्टाटस लेख्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको भन्दै प्रहरीले टीकापुर नगरपालिका–२ बस्ने पवनकुमार भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनले आफ्नो फेसबुकमा टीकापुर नगरपालिका–१ को ब्लक नम्बर १० मा संक्रमित भेटिएको भन्दै स्टास लेखेको थिए ।
कोरोनाको त्रास फैलिरहेको बेला यस्ता खबरले नागरिक त्रसित हुने भन्दै उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले बताउनुभयो।
प्रहरीले पक्राउ परेका व्यक्तिले आफूले संक्रमित भेटिएको भन्ने सुनेको र त्यही बुझ्नको लागि स्टाटर राखेको प्रहरी समक्ष बयान दिएका छन्।
उनीमाथि आवश्यक कारबाही हुने प्रहरीले जनाएको छ।
११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन
भदौ १६, २०८३
काठमाण्डौ – एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भएको छ…


