कपिलवस्तु नगरपालिकाको सामाजिक विकास शाखामा मनपरि, शाखा प्रमुखले यतिसम्म गर्छन्
तौलिहवा ।
कपिलवस्तु नगरपालिकाको सामाजिक विकास शाखामा मनपरि देखिएको छ । शाखाका प्रमुख भएर काम गर्दै आएका पदमराज श्रेष्ठले चालु आवमा मिडियाका लागि छुट्टाएको बजेटमा मनपरि देखाएका हुन् ।
जिल्लाभित्रका मिडियालाई समानुपातिक ढंगले रकम विनियोजन गर्नुको सट्टा शाखा प्रमुख श्रेष्ठले आफ्ना नजिकलाई मनोमानी ढंगले वितरण गरेको पाइएको छ ।
आफै हस्ताक्षर गरि मिडियाका लागि छुट्टाएको बजेटलाई उनले वितरण गरि विज्ञप्ति मार्फत सार्वजनिक गरेका छन् । जिल्लाभित्रका मुलधारका मिडियालाई अपमान गरि बजेट बाडफाँड गरेपछि मिडिया सञ्चालकहरुले आपत्ती जनाएका छन् ।
सिंगो पत्रकार महासंघलाई समेत थाहै नदिई नगरपालिकाले एक्लौटी बजेट बाडेको आरोप उनी माथि लागेको छ ।
नेपाल पत्रकार महासंघका जिल्ला उपाध्यक्ष हरि अधिकारीले कपिलवस्तु नगरपालिकाले मिडिया शिर्षकमा वितरण गरेको बजेट विभेदकारी भएको बताउनुभयो । आफ्ना अनुकुलका सञ्चार माध्यमलाई बढी रकम, अनुकुल नहुनेलाई अपमान हुने गरि सामाजिक शाखाले बजेट बाडेको उपाध्यक्ष अधिकारीले बताउनुभयो । मिडिया शिर्षकको बजेट बाड्दा सञ्चार माध्यमका प्रतिनिधि राख्नुपर्नेमा आफु खुसी भएको भन्दै निर्णय प्रति उहाँले आपत्ति जनाउनुभयो ।
यता सामाजिक शाखाले अरु शिर्षकका बजेटलाई पनि यसै गरि आफ्ना अनुकुलका व्यक्तिलाई बाडँफाँड गर्दै आएको देखिन आएको छ । लक्षित बर्गका लागि छुट्टाइएको बजेटमा पनि यस्तै गरि काम हुने गरेको एक स्थानीयले बताए । कमिसनको चक्करमा कर्मचारीले अपारदर्शी काम गरिरहेको भन्दै सम्बन्धित निकायमा उजुरी दिने तयारी भएको ती स्थानीयले बताए ।
उनले भने, ‘खुलेयाम पैसाको बार्गेनिङबाट कार्यक्रम दिने गरिएको, यसको अन्त्यका लागि सम्बन्धित निकायको ध्यान जाओस ।’
मिडियाकै शिर्षकको बजेट आफु खुसी बाडेपछि शाखा प्रमुख श्रेष्ठले सम्पादन गर्ने अन्य कामबारे पनि प्रश्न चिह्न खडा भएको छ ।
मिडियाका लागि वितरण गरेको रकमबारे पुनः विचार गर्न मिडिया सञ्चालकले प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलसंग अनुरोध गर्ने पनि जनाएका छन् ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam