शिवगढी खानेपानीको पहिलो साधारण सभा सम्पन्न
सुर्य गुरुङ्ग, कपिलवस्तु -शिवगढी खानेपानी सस्थाको पहिलो साधारणसभा समपन्न भएको छ । बिहिवार सुर्यमुखी युवा क्लबको भवन अगाडि भब्य कार्यक्रमको आयोजना गरि सस्थाले पहिलो साधारणसभा समपन्न गरेको हो ।
सस्थाका अध्यक्ष नन्दलाल पुरीले प्रतिवेदन प्रस्तुत गरेर कार्यक्रमको शुरु गर्नु भएको थियोे । कार्यक्रमलाई सम्बोधन गर्दै शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले शिवगढी बासीलाई शुद्ध पानी उपलब्ध गराउने सस्थालाई धन्यवाद व्यक्त गर्नु भयो ।
फोहोर पानीकै कारण विभिन्न रोग लाग्ने भएकोले सबैले आफुले पिउने पानी कस्तो छ ख्याल गर्नु पर्ने बताउनु भयो । पानी फिल्टर गरेर उमालेर या अन्य बिधिमार्फत शुद्धीकरण गरेर प्रयोग गर्ने गरे ।धेरै रोग लाग्नबाट वच्न सकिने उहाको भनाइ छ ।
धेरै नेपालीहरुले दैनिक काम गरेर नै आफ्नो परिवार पाल्ने गरेको बताउदै सबै स्वस्थ्य प्रति सबै गम्भीर बन्न उहाले आग्रह गर्नु भयो ।मानिसको ठूलो सम्पत्ति भनेकै स्वस्थ भएकोले स्वस्थ रहन शुद्ध पानी पिउनु पर्ने उहाले बताउनु भयो ।
अवश्यक परे अन्य क्षेत्रमा जस्तै सस्थालाई सहयोग गर्ने अधिकारीले बताउनु भयो । त्यस्तै सभालाई सम्बोधन गर्दै खानेपानी डिभिजन तौलिहवाका प्रमुखले शिवगढी खानेपानी सस्थाले जिल्लामै नमुना काम गरेको बताउनु भयो ।
जिल्लाका पालिकामा रहेको सस्थाहरुमा किचलो आर्थिक संकट्का कारण बन्द हुने अवस्थामा पुग्दा जिल्लाकै दुर्गम शिवगढीले १२ लाख भन्दा धेरै बचत गर्नु राम्रो भएको उहाको भनाइ छ ।खानेपानी डिभिजनले कार्यालय लगायत अन्य ब्यवस्थापनका लागि १५ लाख दिने पनि उहाले बताउनु भयो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam