राष्ट्रिय महिला लिग : आज तीन खेल हुँदै
चितवन : राष्ट्रिय महिला लिग फुटबलमा आज तीन खेल हुँदैछन्। चितवनको भरतपुरमा जारी लिगमा शुक्रवार पहिलो खेल बिहान ९ बजे वालिङ र धनगढीबीच हुनेछ।
यस्तै‚ दोस्रो खेल दिउँसो २ बजे चन्द्रपुर र ललितपुर तथा तेस्रो खेल दिउँसो ४ बजे विराटनगर र नेपाल पुलिस क्लबबीच हुनेछ।
बिहीवारदेखि सुरू भएको लिगमा एपिएफ क्लब विजयी भएको छ। एपिएफले त्रिभुवन आर्मी क्लबलाई २–१ ले पराजित गरेको हो। एपिएफको जितका लागि कप्तान रेनुका नगरकोटी र अनिता बस्नेतले गोल गरेका थिए। आर्मीबाट रश्मि गुरुङले एक गोल गरिन्।
यस पटक लिगको पहिलो चरणका खेल बागमती प्रदेशको भरतपुरमा आयोजना गरिएको हो। डबल राउण्ड एण्ड रोबिनको आधारमा हुने लिगको पहिलो चरणका २८ खेल भरतपुर महानगरपालिका-१९ शारदानगरस्थित खेल मैदानमा हुनेछ। पहिलो चरणका खेल चैत ३० गतेसम्म हुनेछ। दोस्रो चरणका २८ खेल भने प्रदेश १ को मोरङको विराटनगरमा हुनेछन्।
लिग विजेताले २० लाख र उपविजेताले १० लाख रूपैयाँ पाउनेछन्। तेस्रो हुने टोलीले पाँच लाख तथा चौथोले तीन लाख रूपैयाँ प्राप्त गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जानकारी दिएको छ। यस्तै‚ फेयर प्ले टिमले एक लाख पाउनेछ। लिगको सर्वोकृष्ट खेलाडीले स्कुटर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट स्ट्राईकरले समान ५०–५० हजार तथा उदीयमान खेलाडीले २५ हजार रूपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। हरेक खेलको प्लयर अफ दि म्याचले दश हजार रूपैयाँ प्राप्त गर्नेछन्।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam