सर्लाहीमा ट्याक्टरको ठक्करबाट २ वर्षीय बालकको मृत्यु

काठमाडौं : सर्लाहीको पर्सा गाउँपालिका–३ नारायणपुर चोकमा बिहीबार साँझ  ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ। 

मृत्यु हुनेमा स्थानिय जोगिन्द्र साहका २ वर्षीय छोरा रितिक साह रहेका छन्। घाइते बालकको उपचारको क्रममा प्रादेशिक अस्पताल मलंगवामा बेलुकी साढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रदेश २, ०३ ००१ त २४३९ नम्बरको ट्याक्टरले बिहीबार साँझ सवा ६ बजे घर अगाडि खेल्ने क्रममा बालकलाई  ठक्कर दिएको थियो। ठक्कर पश्चात चालक फरार रहेकाले खोजी भईरहेको प्रहरी चौकी नारायणपुर सर्लाहीले जानकारी दिएको छ।

TOP