बाणगंगा नगरपालिकाद्धारा २८ जना उत्कृष्ट कृषकलाई सम्मान
सागर वि.क. : कपिलवस्तुको बाणगंगा नगरपालिकाले उत्कृष्ट कृषकहरुलाई सम्मान गरेको छ । आज १२ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औधोगिक प्रदर्शनीमा आयोजित कृषि मेला प्रदर्शनी एवम् उत्कृष्ट कृषक सम्मान कार्यक्रममा २८ जना कृषकलाई सम्मान गरिएको हो । बाणगंगाका कृषि शाखा प्रमुख लेष बहादुर के.सी.ले सात ओटा बालीबस्तुको समूह अन्तर्गत उनीहरुलाई सम्मान गरिएको जानकारी दिनुभयो ।
३ जनाको मूल्याङ्कन समिति बनाईएको र कृषकहरुको बालीबस्तुको मूल्याङ्कन गरि सम्मानका लागी छनोट गरिएको उहाँको भनाई छ । उत्कृष्ट कृषकहरुमध्ये प्रथमलाई ५ हजार, द्धितीयलाई ३ हजार, तृतीयलाई २ हजार र सान्तव्नालाई १ हजारसहित प्रमाण पत्रले सम्मान गरिएको हो ।
मेलामा १ सय ७० जना कृषक सहभागि रहेको उनीहरुमध्येका लागी छनोट गरिएको शाखा प्रमुख के.सी.ले बताउनुभयो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सांसद विष्णु पन्थीले कृषि पेसालाई निर्वाहमुखी भन्दा व्यावसायिक बनाउँदै लैजान किसानहरुलाई पुरस्कृत गरिएको बताउनु भयो ।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका अध्यक्ष बाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारुले बाणगंगाभित्र उत्पादन भएका कृषि बस्तुहरुलाई बजारीकरण गर्न र कृषिमा आधुनिकिकरण ल्याउन बाणगंगा नगरपालिकाले कुनै कसर नछोडने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam