नेपाल डेरी एसोसिएसन लुम्बिनी प्रदेशको अध्यक्षमा न्यौपाने


पिन्टुराम चौधरी ।
नेपाल डेरी एसोसिएसन लुम्बिनी प्रदेशको अध्यक्षमा थानेश्वर न्यौपाने निर्विरोध चयन भएका छन् । नेपाल डेरी एसोसिएसन लुम्बिनी प्रदेशको तेस्रो साधारण सभा एवं दोस्रो अधिवेशनबाट न्यौपाने सर्वसम्मत रुपमा चयन भएका हुन् । जसको उपाध्यक्षमा घननाथ पौडेल, सचीवमा विजय सापकोटा, सह–सचीवमा कमल भुषाल, कोषाध्यक्षमा लेखनाथ भण्डारी गरी १३ सदस्यीय कार्य समिति गठन गरिएको जनाइएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय दुग्ध बोर्डका कार्यकारी निर्देशक डा.राजेन्द्र प्रसाद यादवले नेपाल डेरी एसोसिएसन देशभरि छरिएर रहेका डेरी व्यावसायिहरुको राष्ट्रिय संगठन भएको बताउँदै यो कार्यक्रमले पुष्टि गरेको बताए । उनले राष्ट्रिय दुग्ध विकास वोर्ड र नेपाल डेरी एसोसिएसन हरेक कुरामा सहकार्य गर्ने गरेको यादवले बताए ।

यसैबीच नेपाल डेरी एसोसिएसन महाशाखाका प्रमुख तुलसीराम भण्डारीले सबै मिलेर काम गरे डेरी सेक्टरमा राम्रो गर्न सक्ने जिकिर गर्दै मन्त्रालय एसोसिएसनसँग सधैं मिलेर काम गर्ने बताए ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले संगठनले के ग¥यो भन्दा पनि हामीले के गर्यौ भन्ने कुरा मुख्य कुरा भएको दाहालले बताएका छन् । एसोसिएसनको संगठन विस्तार र सदस्यहरुको आकर्षण बताएका छन् ।

कार्यक्रममा उत्कृष्ट कृषक सम्मान उमादेवी पशु विकास फर्मका संचालक यज्ञमुर्ति खनाल, व्यवसायी मध्येबाट सुजल डेरी कपिलवस्तुका संचालक सावित्री भुषाललाई सम्मानसमेत गरिएको छ ।

कार्यक्रममा नवनिर्वाचित सबै पदाधिकारीलाई प्रमाणपत्र वितरणसहित सपथ ग्रहण केन्द्रिय महासचिव प्रल्हाद दाहालले गराएका थिए । लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण भट्टराईज्युको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको हो ।

TOP